Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

    अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 354
    SHARES

    वासिङ्टन । वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताएका छन् ।

    युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् ।



    इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौँको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो ।



    “मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु”, बाइडनले भने, “यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।”

    रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको युक्रेनलाई कसरी आफ्नो रक्षा गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूबिच महिनौँ लामो तिक्ततापूर्ण बहसपछि मात्र यो सहायता विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो ।

    गत फेब्रुअरीमा सिनेटले यस्तै प्रकारको सहायता प्याकेज पारित गरेको थियो, तर रिपब्लिकन सभामुख माइक जोनसनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कट्टरपन्थी सहयोगीहरूको आह्वानलाई ध्यान दिँदै बाइडेनसँग आप्रवासन नीतिमा छुटको माग गरेका थिए ।

    संयुक्त राज्य अमेरिका युक्रेनको एक प्रमुख सैन्य समर्थक रहेको छ, तर अमेरिकी कङ्ग्रेसले लगभग डेढ वर्षसम्म किएभको लागि ठुलो मात्रामा अनुदान स्वीकृत गरेको थिएन र युद्धको वित्तपोषण नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि विवादको विषय बनेको छ ।

    मस्कोले पूर्वबाट निरन्तर युक्रेनमाथि दबाब दिइरहेको र आगामी हप्ताहरूमा अग्रपङ्तीमा सेनाको अवस्था खराब हुने अपेक्षा गरिएको समय युक्रेनको सेनाले हतियार र भर्तीको लागि बजेटको गम्भीर अभावको सामना गरिरहेको छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार