Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद

    अमेरिकी राष्ट्रपति बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 564
    SHARES

    एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ ।

    अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा छापा मारेको हो ।



    डीओजेले १३ घन्टासम्म खोजी गर्दै चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजातहरू फेला पारेको हो ।



    न्याय मन्त्रालयका अन्वेषकहरूले राष्ट्रपतिको घरबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेको वाइडेनका वकिलले जानकारी दिए ।

    बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले एपीसँग भने । बाइडनने अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै न्याय विभागलाई आफ्नो घरमा अनुसन्धान गर्न अनुमति दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार