Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • फ्रेन्च लिग वान : रेनसलाई हराउँदै पीएसजी विजयी

    फ्रेन्च लिग वान : रेनसलाई हराउँदै पीएसजी विजयी

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा रेनसमाथि जित हासिल गरेको छ ।

    गएराति भएको खेलमा पीएसजीले रेनसलाई १-० गोलले हराएको हो ।पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा कायलिन एमबाप्पेले निर्णायक गोल गरेका हुन् ।



    यससँगै लिग वानको अंक तालिकामा पीएसजीले १६ अंकको स्पष्ट अग्रता लिएको छ। लिग वानमा पीएसजीले २४ खेलबाट ५९ अंक जोडेको छ।



    पीएसजीले अहिलेसम्म लिगमा १८ खेल जितेको छ भने ५ खेलमा बराबरीको नतिजा निकालेको छ। उसले केवल एउटा खेलमा हारको सामना गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार