Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मेसी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

    मेसी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 930
    SHARES

    काठमाडौं । लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) आफ्नो अन्तिम खेलमा पराजित भएको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोलले पराजित भएको हो ।

    पीएसजीका लागि अन्तिम खेल खेलेका फरवार्ड लियोनल मेसी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन् ।



    रमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पीएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे ।



    रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पीएसजी छाड्ने निर्णय गरिसकेका छन् । यो खेल हारे पनि पीएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ । मेसी साउदी अरेबियाको अल हिलाल वा अमेरिकाको इन्टर मियामी जाने चर्चा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार