Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • मेसीको कीर्तिमानी गोलमा पीएसजी बन्यो लिग वानको च्याम्पियन

    मेसीको कीर्तिमानी गोलमा पीएसजी बन्यो लिग वानको च्याम्पियन

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 564
    SHARES

    काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रेन्च लिग वानको उपाधि जितेको छ । अर्जेन्टिनी स्टार लियोनल मेसीले गरेको कीर्किमानी गोलसँगै पीएसजीले १ खेल बाँकी छँदै लिग उपाधि जितेको हो ।

    शनिबार राति पीएसजी र स्टार्सवर्गले १–१ को बराबरी खेलका थिए । पीएसजीलाई च्याम्पियन बन्न १ अंकको मात्रै खाँचो थियो। स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दा १ अंक बटुलेर पीएसजी च्याम्पियन बन्यो ।



    पीएसजीसँग बराबरी खेलेको स्टार्सवर्ग पनि रेलिगेसनबाट बचेको छ। पीएसजीका लागि लियोनल मेसीले ५९औं मिनेटमा गोल गरे । स्टार्सवर्गका तर्फबाट खेलको ७९औं मिनेमा केभिन गेमेरियोले गोल गरे ।



    स्टार्सवर्गविरुद्ध गरेको गोलसँगै मेसीले युरोपको शीर्ष ५ लिगमा क्रिस्टियानो रोनाल्डोले राखेको कीर्तिमानलाई तोडेका छन्। मेसीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन् । यसअघि रोनाल्डोले ४९५ गोलको कीर्तिमानी राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार