Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • निर्वाचन सुरक्षाको जिम्मा एआइजी थापालाई

    निर्वाचन सुरक्षाको जिम्मा एआइजी थापालाई

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनको सुरक्षाको तयारी थालेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि ‘केन्द्रीय निर्वाचन सेल’ समेत गठन गरिसकेको छ ।

    प्रहरी प्रधान कार्यालयले निर्वाचन अघि नै बन्ने आईजीपीका दाबेदारमध्येका एआइजी सहकुलबहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको हो । थापा अहिले कार्य विभागमा छन् । उनी आगामी बैशाखमा आईजीपीका दाबेदार पनि हुन् ।



    आउँदो २०७९ वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्। क्षेत्री निवृत्त भएसँगै नेपाल प्रहरीले आउँदो वैशाख १९ गते प्रहरी संगठनको २९औं आईजीपी पाउनेछ।



    प्रहरी प्रधान कार्यालयले चुनावका लागि अन्य तयारी समितिहरु पनि गठन गरेको छ । डिआइजी रबिन्द्र धानकु, बसन्त लामा तथा एसएसपी राजेश बाँस्तोलाको नेतृत्वमा समितिहरु गठन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार