Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दार्चुलामा भेटिएको भारतीय डिभाइसयुक्त बेलुन बारे कहिले बोल्छ सरकार ?

    दार्चुलामा भेटिएको भारतीय डिभाइसयुक्त बेलुन बारे कहिले बोल्छ सरकार ?

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.9K
    SHARES

    दार्चुला। दार्चुलाको नौगाड गाउँपालिकामा भारतीय डिभाइसयुक्त बेलुन खसेको दुई दिन वित्दा समेत नेपाल सरकारले पत्तो पाउन सकेको छैन । नौगाडमा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको थियो । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुन सिंह ठगुन्नाले बताए।

    आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्रीजडित डिभाइस पाइएको उनले बताए ।



    विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।



    उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाँधेर उक्त डिभाईस उडाउने गरेको फोनका जवाफ मिलेको उनले बताए ।

    नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र ठगुन्ना, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण सिंह ठगुन्ना लगायतको टोली पनि उक्त स्थानमा पुगेको थियो । उक्त विषयमा बुझ्न प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार