Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै बारको आन्दोलन भोलिदेखि भौतिक रूपमा

    प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै बारको आन्दोलन भोलिदेखि भौतिक रूपमा

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 906
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग, न्यायालय शुद्धीकरण र सुदृढीकरणको लागि नेपाल बार एसोसिएसनले भोलिदेखि फेरि भौतिक रुपमा प्रदर्शन गर्ने भएको छ ।

    आइतवारबाट सर्वोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलनको कार्यक्रम शुरू हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।



    यसअघि बारले कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट विरोधका कार्यक्रमहरू गर्दै आइरहेको थियो । बार विगत १०५ दिनदेखि आन्दोलनमा छ ।



    पौडेलले विज्ञप्ति जारी गर्दै आइतवारबाट भौतिक रुपमा शुरू हुने आन्दोलनमा काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीहरूलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार