Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता, ९८ सांसदले गरे हस्ताक्षर

    प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता, ९८ सांसदले गरे हस्ताक्षर

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।



    महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए ।



    प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान छ । यद्यपि उक्त प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत गर्नुपर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार