Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • टी–२० क्रिकेट शृंखला

    आयरल्याण्डले दियो नेपाललाई १२८ रनको लक्ष्य, दीपेन्द्र एक्लैले लिए ४ विकेट

    आयरल्याण्डले दियो नेपाललाई १२८ रनको लक्ष्य, दीपेन्द्र एक्लैले लिए ४ विकेट

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ।

    सोमबारको खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको आयरल्यान्डले ९ विकेटको क्षतिमा मात्र १२७ रनको योगफल तयार गर्यो । आयरल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरे।



    दीपेन्द्र एक्लैले चार विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए । त्यस्तै, अविनाश बोहराले दुई विकेट लिए।



    त्यसअघि मिडियम पेस बलरहरू जितेन्द्र मुखिया ,कमलसिंह ऐरी र कप्तान सन्दिप लामिछानेले समान एक/एक विकेट लिए। सन्दीपको अन्तराष्ट्रिय क्रिकेटमा ५० औं विकेट हो।

    यता, आइरल्याण्डका लागि जर्ज डक्रेलले सर्वाधिक २८ रनको योगदान दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार