Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • कैलालीमा शंकास्पद वस्तु फेला

    कैलालीमा शंकास्पद वस्तु फेला

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

    ‘प्रेसर कुकरमा टेप बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने ।



    लम्की–चिसापानी सडकखण्डमा शंकास्पद बस्तु फेला परे पछि नेपाली सेनाको टोली त्यसतर्फ हिँडेको उनले बताए । अमेरिकी एमसीसीको विरोधमा बुधबार आह्वान गरिएको नेपाल बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ ।



    एमसीसीको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टीले घोषणा गरेको नेपाल बन्दका कारण बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार