Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बन्द गराउँदै हिँडेका बन्दकर्ताद्धारा कृषि मन्त्रालयको गाडी तोडफोड

    बन्द गराउँदै हिँडेका बन्दकर्ताद्धारा कृषि मन्त्रालयको गाडी तोडफोड

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् ।

    आज विहान बन्दकर्ताले ००१ झ ४०१ नम्बरको गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले ढुंगा प्रहार गर्दा गाडीको सिसा फुटेको छ ।



    काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको हो ।



    एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका छन् । देशभर बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार