Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दमौलीमा स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड, अनुसन्धान गर्दै प्रहरी

    दमौलीमा स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 828
    SHARES

    तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको छ ।

    तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको हो ।



    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गाडी तोडफोड भएबारे शुक्रबार बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो । सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कको टोली घटनास्थल पुगेको थियो ।



    गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेको बताइएको छ । गाडीको साइडसाइडका सिसा फुटेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार