Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वर्णिम वाग्ले भन्छन् – सुशासन र डेलिभेरी दिन नसके रास्वपा सरकार छोड्छ

    स्वर्णिम वाग्ले भन्छन् – सुशासन र डेलिभेरी दिन नसके रास्वपा सरकार छोड्छ

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेका कारण आफूहरुले साथ दिनुपर्छ भन्ने निर्णयमा पुगेको बताएका छन् ।

    सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा वाग्लेले यस्तो बताएका हुन् ।



    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर निर्णायक सम्बोधन गर्न खोजेको बताए । उनले सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपाले सरकार छोड्ने दाबी गरे ।



    उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए ।

    उनले रास्वपा शर्तसहित सरकारमा सहभागी भएको र शर्तहरु कायम नरहेको अवस्थामा सरकार छोडेर बाहिरिने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार