Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसलाई स्वर्णिम वाग्लेको चुनौती – आरोप लाग्नेबित्तिकै राजीनामा दिने सहमति गरौँ

    कांग्रेसलाई स्वर्णिम वाग्लेको चुनौती – आरोप लाग्नेबित्तिकै राजीनामा दिने सहमति गरौँ

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 450
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर नेपाली कांग्रेसले गलत गरेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उपसभापति वाग्लेले प्रमुख प्रतिपक्ष दल कांग्रेसले निषेधको राजनीतिक गरेको आरोप लगाएका हुन् ।



    उनले प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि लागेका आक्षेप र उठेका प्रश्नबारे जवाफ दिन नपाउनुले कांग्रेसको व्यवहार असहिष्णु र अनुदारवादी देखिएको बताए ।



    विगतमा कांग्रेसका मन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा प्रश्न उठ्दा राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा नमागेको र उनको जवाफ सुन्न तयार भएको उपसभापति वाग्लेले बताए ।

    उपसभापति वाग्लेले भने,‘संसदीय छानबिन गर्न आपत्ति होइन, कस्तो नजिर स्थापना गर्न गइरहेका छौं भन्ने हामीले विचार गर्नुपर्ने हुन्छ । सर्वदलीय सहमति गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं, मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं, आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजीर स्थापना गर्न तयार हो ?’

    आरोप लाग्नासाथ राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्ने नियम बनाउन कांग्रेस तयार हो भनी उनले प्रश्न गरेका छन् । यस्तो सर्वदलीय सहमति गर्ने हो भने रास्वपाले पनि हस्ताक्षर गर्ने उपसभापति वाग्लेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार