Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं महानगरको फोहोर ओसार्ने गाडीमा तोडफोड, सुरक्षाको माग

    काठमाडौं महानगरको फोहोर ओसार्ने गाडीमा तोडफोड, सुरक्षाको माग

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड गरिएको छ ।

    धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएका हुन् ।



    काठमाडौं महानगरपालिकाका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको हो ।



    नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

    सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । काठमाडौं महानगरपालिकाले धादिङ प्रशासनसँग मङ्गलवारदेखि ल्यान्डफिल साइट क्षेत्र बन्चरेडाँडामा सुरक्षाको माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार