Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सलमान खान वैशाखमा नेपाल आउने पक्का

    सलमान खान वैशाखमा नेपाल आउने पक्का

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । आगामी वैशाख ३ गते बलिउडका चर्चित नायक सलमान खानसहित भारतीय कलाकारको टोली नेपाल आउने भएको छ । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको हो ।

    दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन् ।



    कोरोनाले सुस्ताएको नेपालको पर्यटन बजार चलायमान बनाउन नायक खानसहितको टोली काठमाडौं आउन लागेको हो ।



    नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये सर्वाधिक भारतीय आउने भएकाले यो कार्यक्रमले नेपालको पर्यटन बजारलाई उकास्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार