Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट दुई गैँडाको मृत्यु

    चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट दुई गैँडाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्। एउटा माउ र बच्चा गैँडा बाघले मारेको हो। ​

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा बुधबार मृतावस्थामा फेला परेका हुन्।



    बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उनले बताए। माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ। ती गैँडाका खाग र खुर सुरक्षित छन्।



    चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार