Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा बम डिस्पोज, यातायात सेवा खुल्यो

    काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा बम डिस्पोज, यातायात सेवा खुल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा होक्स बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो ।

    सडक पेटीमा भेटिएका दुईवटा कुकर बम निष्क्रिय पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    प्रहरीका अनुसार अहिले त्यस क्षेत्रको आवागमन समेत बन्द भएको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ८ साना दलले आज पनि देशभर प्रदर्शन गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार