Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कहाँबाट आयो त्रिभुवन विमानस्थलमा बम राखेको ‘थ्रेट कल’ ?

    कहाँबाट आयो त्रिभुवन विमानस्थलमा बम राखेको ‘थ्रेट कल’ ?

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएको छ ।

    बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालय टीडीओ कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएकाे हाे ।



    उक्त थ्रेट कलपछि एक घण्टाभन्दा बढी आन्तरिक उडानतर्फका सबै उडान बन्द गरिएको हाे ।



    यस्तै बिहान विमानस्थलमा रहेका मानिसहरू तितरबितर भएका थिए ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विदेशबाट आएको फोनमा नेपालको विमानस्थलका ३ ठाउँमा बम भएको र एक घण्टापछि पड्किने भन्दै थ्रेट कल आएको थियो । त्यसलगत्तै विमानस्थलमा बम डिस्फोजल टोली खटाएर अनुसन्धान गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार