Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले लिए शपथ

    धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले लिए शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई पदभार ग्रहण गराएका हुन् ।

    अर्थमन्त्री शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नवनियुक्त अध्यक्ष हमाललाई आग्रह गरेका छन् ।



    मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् ।



    यस्तै नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार