Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयल निगमले फेरि बढायो इन्धनको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    आयल निगमले फेरि बढायो इन्धनको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

    भारतीय आयल कर्पोरेशन्स्‌ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।



    नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो ।



    निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो ।

    त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । यस्तै, निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार