Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अवैध रूपमा डिजेल खरिदबिक्री गर्ने दुई पेट्रोल पम्पलाई कारबाही

    अवैध रूपमा डिजेल खरिदबिक्री गर्ने दुई पेट्रोल पम्पलाई कारबाही

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अवैध रूपमा डिजेल खरिदबिक्री कार्यमा संलग्न दुईवटा पेट्रोल पम्प कारबाहीमा परेका छन् ।

    नेपाल आयल निगमले सप्तरीका बिक्रेताहरू श्री भण्डार आयल स्टार र श्री दिलिप ट्रेडर्सलाई कारबाही गरेको हो ।



    उनीहरूलाई एक लाख रुपैयाँ जरिवाना र ६ महिनाका लागि आपूर्ति बन्द गरिएको छ ।



    निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जबाट २० हजार लिटर डिजेल लोड गरेर नम्बर १ प्रादेशिक कार्यालय विराटनगरका नाममा स्टक ट्रान्सफर गरी लैजाने क्रममा सप्तरीको रूपनी प्रहरी कार्यालयभन्दा दुई किलोमिटर उत्तरमा पर्ने कच्ची सडकमा अवैध रूपमा डिजेल बिक्री गरेर ट्याङ्करलाई बेवारिसे छाडेको अवस्थामा भेटिएको थियो ।

    स्थलगत अध्ययनका क्रममा चालकसँग मिलेमतो गरेर श्री भण्डार आयल स्टार र श्री दिलिप ट्रेडर्सलाई डिजेल खरिद गरेको पाइएको निगमले जनाएको छ । थप छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार