Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बेलायती प्रधानमन्त्री जोन्सनको खुलासा

    रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बेलायती प्रधानमन्त्री जोन्सनको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दाबी गरेका छन् ।

    अहिलेसम्म प्राप्त प्रमाणहरुले रुस निकै ठूलो युद्धको तयारीमा रहेको स्पष्ट हुने प्रधानमन्त्री जोन्सनले दाबी गरेका हुन् । जोन्सनले रुसले युद्धको योजना कार्यान्वयनमा लगिसकेको आफूलाई जानकारी मिलेको बताएका छन् ।



    रुसले युक्रेनको राजधानी किएभलाई घेराबन्दी गर्ने गरी आक्रमणको योजना बनाएको गुप्तचर सूचनाहरुबाट स्पष्ट हुने उनले बताए ।



    रुसले युक्रेनमा आक्रमण गरेको खण्डमा त्यसको मानवीय मूल्य निकै भयानक हुने भएकाले यसको गम्भीरता बुझ्नु पर्ने जोन्सनले जोड दिए ।

    यस्तैअमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसले युक्रेनमाथि आक्रमणको मनसाय बनाएको भन्ने प्राप्त सूचनाका आधारमा आफू विश्वस्त भएको दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार