Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गोकुल बाँस्कोटाको कटाक्ष: प्रचण्ड र माधवको धोती जोगाइ दिन देउवाले गरे एकपक्षीय तमसुक

काठमाडौँ ।एमसीसी सम्झौतालाई संसदमा पेस गर्ने सत्ता गठबन्धनको सहमतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कटाक्ष हानेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको साख (धोती) जोगाई दिन प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति गरेको बाँस्कोटाको भनाइ छ। सामाजिक संजालमा एक ट्वीट गर्दै बाँस्कोटाले लेखेका छन्, 'पुकदा र माधबको धोती जोगाई दिन देउवाले एकपक्षीय तमसुक (जुन कदापी सम्झौताको अंग बन्दैन)आफैले लेखेर आफ्नै लागि मात्र जारी गर्ने भएछन्। बाँस्कोटाले अगाडि लेखेका छन्, 'त्यसपछि ल्याप्चेले क्रान्तिकारी रंगको प्रमाण पत्र प्राप्त गर्ने पक्का । छेपारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा पुकदा र माधबलाई वाकओभर दिने निश्चित।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077