Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसीविरुद्ध आज पनि प्रदर्शन, पानीको फोहोरा हान्ने गाडी ‘स्ट्यान्डबाई’

    एमसीसीविरुद्ध आज पनि प्रदर्शन, पानीको फोहोरा हान्ने गाडी ‘स्ट्यान्डबाई’

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ ।

    आइतबार विप्लवसहितका ६ बामपन्थी दल र २ मोर्चा नेतृत्वको समूहले एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर, स्वाभिमानी नेपाली कायम गरलगायतका थुप्रै नाराहरु समेत लगाएका छन् ।





    यसअघि गत बुधबार र शुक्रबार विप्लवसहित नेकपा माओवादी र एकीकृत समाजवादीको भ्रातृ संगठनहरुले प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ । तर, उनीहरु भने प्रहरीको घेरा तोडेर अघि बढ्न कोसिस गरिरहेका छन्।

    यसअघिको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत छ्यापेको थियो । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ । सुरक्षाकर्मीले आज पनि पानीको फोहोरा हान्ने गाडीलाई पनि स्ट्यान्डबाई राखेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार