Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • संसद बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

    संसद बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।



    अहिले हो-हल्ला र नाराबाजीका बाबजुत सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु गरिरहेका छन्।



    आजको बैठकमा एमसीसी  सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बैठकमा मन्त्री शर्मा अनुपस्थित हुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्दैछन् ।

    यसबाहेक लोक सेवा विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरिने र राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार