Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अस्ट्रेलियामा दुई वर्षपछि विदेशी यात्रुलाई प्रवेशमा अनुमति

    अस्ट्रेलियामा दुई वर्षपछि विदेशी यात्रुलाई प्रवेशमा अनुमति

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 963
    SHARES

    एजेन्सी । अस्ट्रेलियाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति दिएको छ । सोमबार अस्ट्रेलियामा ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ ।

    कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । अब खोपको पूर्णमात्रा लगाएका यात्रुहरू क्वरेण्टीनमा बस्नुपर्ने छैन ।



    तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ । मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ ।



    अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद खबर रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार