Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रेमिकासँग घुम्न गएर अपहरणको नाटक गर्ने युवक पक्राउ

    प्रेमिकासँग घुम्न गएर अपहरणको नाटक गर्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    कैलाली । कैलालीबाट आफूलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेर बन्धक बनाएको भन्दै नाटक गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी आदर्श नगरपालिका वडा नम्बर ३ का २० वर्षीय रघुनाथ ओझा रहेका छन् ।

    आफ्नो प्रेमीकासँग घुम्न गएका उनले बन्धक बनाएको भन्दै परिवार र प्रहरीलाई झुक्याएका हुन् । प्रहरीका अनुासर हाल उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्दै आएका छन् ।



    अपहरणको नाटक गरेका उनलाई धनगढीको वडा नम्बर १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    उनी आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाईको बिहेमा जानु छ भनेर गत महिनाको २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेकोमा सोही मितिबाट सम्पर्कविहीन भएका थिए।

    त्यसपछि उनले घरपरिवारसंग म्यासेन्जरमा भिडियो कल गरी आफुलाई अज्ञात व्यक्तिहरुले बन्धक बनाएको भनि झुटो खबर गरेको प्रहरीको भनाई छ ।

    प्रहरी अनुसन्धानबाट उनी सम्पर्कविहीन भएकै दिन आफ्नो प्रेमीकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको खुलेको छ। उनले साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको खुलेको छ ।

    उनीमाथि प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार