Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एएफसी एशियन कपको खेल तालिका सार्वजनिक

    एएफसी एशियन कपको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ ।

    एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।



    एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सीमा उज्बेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छन् । समूह डीमा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया छन् ।



    समूह ईमा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बङ्गलादेश छन् भने समूह एफमा किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र सिङ्गापुर छन् ।

    हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एशियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार