Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • विश्वकप छनोट खेल्ने नेपाली फुटबल टिमको घोषणा

    विश्वकप छनोट खेल्ने नेपाली फुटबल टिमको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३४ सदस्यीय टिम घोषणा गरेका गरेका छन्।

    मुख्य प्रशिक्षक एनिसले विश्वकप छनोट प्रारम्भिक चरणमा लाओससँगको खेलको अघिल्लो दिन २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन् ।



    नेपालले दशरथ रंगशालामा हुने पहिलो लेगको खेलमा लाओससँग भिड्न लागेको हो । दोस्रो लेगको खेल लाओसमै हुनेछ ।



    घोषित टिममा परेका खेलाडीमा गोलरक्षकमा किरण लिम्बू, दीप कार्की र अभिषेक बराल छन् । यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ र एरिक विष्ट छन् ।

    मिडफिल्डमा सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश छन्जु र मनीष डाँगी छन् ।

    फरवार्डमा भने अञ्जन विष्ट, आयुष घलान, गिलेप्सीजंग कार्की, दिनेश हेम्जन, हिसुब थपलिया र सञ्जीव विष्ट छन् । बन्द प्रशिक्षणबाट बाहिरिनेमा सीमान्त थापा र अनिश देउला रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार