Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फुटबल कोच अलमुताइरीले भने, ‘म बाहिरिएँ’

    फुटबल कोच अलमुताइरीले भने, ‘म बाहिरिएँ’

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाड्ने संकेत गरेका छन्। वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गसंगको विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीले सामाजिक सञ्जालमार्फत आफू बाहिरिने जानकारी गराएका छन्।

    उनले आफु बाहिरिएको र राजनीतिलाई काम गर्न दिनु भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका हुन्। ‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिनुहोस्,’ उनले लेखेका छन्। राखेपद्वारा गठित छानविन समितिले विवादास्पद राजीनामा सम्बन्धी पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन निर्देशन दिन परिषद्लाई सुझाव दिएको थियो।



    साथै समितिले अलमुताइरीले सम्झौता अनुसार कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं समाजिक सञ्जालमा कसैप्रति लक्षित गरी धारणा सम्प्रेरण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउनुपर्ने सुझाव दिएको छ।



    एन्फाले विवाद सुल्झाउन नसकेर राखेपको जिम्मा लगाएको थियो। राखेपले यस विषयमा गठन गरेको छानविन समितिले आज प्रतिवेदन दिएको हो। राखेपको प्रतिवेदनमा अल्मुताइरीकै आचरणमाथि प्रश्न उठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार