Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चर्च ब्वाइजका मुख्य प्रशिक्षक हुमागाईंले दिए राजीनामा

    चर्च ब्वाइजका मुख्य प्रशिक्षक हुमागाईंले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 636
    SHARES

    काठमाडौं । ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजको प्रशिक्षक रहेका प्रदीप हुमागाईले राजीनामा दिएका छन्।

    श्रम स्विकृति बिना प्रशिक्षक बनेको भन्दै आलोचित बन्दै आएका हुमागाईले सामाजिक सञ्जाल फेसबुकबाट मुख्य प्रशिक्षक छाडेको बताएका छन् ।



    नेपाली मूलका अमेरिकन नागरिक हुमागाईंले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट) लिनुपर्ने तर यो प्राप्त गर्न नसकेपछि क्लब छाडेको बताएका छन् ।



    उनलाई अखिल नेपाल फुटबल (एन्फा) ले गत असोजमा नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेलका लागि नेपालको प्रशिक्षकको जिम्मा दिएको थियो।

    जारी लिगमा छैटौँ चरणको खेल सकिँदा नव प्रवेशी क्लब चर्च ब्वाइज १२ अंकका साथ दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार