Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज

    नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध खेल्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे शुरू हुनेछ।



    पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो ।



    नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए । यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

    नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । फिफा वरीयतामा नेपाल एक सय ६९ र मरिसस एक सय ७२औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार