Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कँदै

    नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

    ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो ।



    विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराएको थियो ।



    सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्व कपमा पुग्न असफल भयो । आयरल्यान्ड र यूएई विश्व कपमा पुगेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल पुग्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार