Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

    एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

    एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो ।



    एमालेले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरेको हो । एमालेको दल दर्ता नं ३२ रहेको जनाइएको छ ।



    महासचिव पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

    उनले स्थानीय तहको निर्वाचनको तयारीका लागि नै एमालेले अहिले देशभरि नै निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिरहेको जानकारी पनि दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार