Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ५० दिनका लागि १ लाख १८ हजार २३१ म्यादी प्रहरी

    ५० दिनका लागि १ लाख १८ हजार २३१ म्यादी प्रहरी

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी बैशाख ३१ गते स्थानीय तहको चुनाव एकै चरणमा हुँदै छ । उक्त चुनावका लागि प्रहरी प्रधान कार्यालयले लागि १ लाख १८ हजार २ सय ३१ म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ ।

    प्रहरीले आगामी वैशाख ३० मा हुने चुनावमा सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अलावा ५० दिनका लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने गरी निर्वाचन सुरक्षा कार्ययोजनाको मस्यौदा तयार गरेर गृह मन्त्रालयमा बुझाइसकेको जनाएको छ ।



    कार्ययोजनामा सुरक्षा निकायबाट अवकाशप्राप्त सुरक्षाकर्मी, पूर्वम्यादी प्रहरी, निजी सुरक्षा गार्ड, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका व्यक्तिलाई म्यादीमा प्राथमिकता दिएर भर्ना गर्नुपर्ने प्रस्ताव छ ।



    यद्यपी कार्ययोजनालाई अन्तिम रूप दिन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले पठाएको प्रस्ताव अनुसारकै संख्यामा म्यादी प्रहरीको भर्ना गरिएको खण्डमा तलब÷भत्ता र खाजामा करिब ७ अर्ब रुपैयाँ खर्च हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार