Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रुसी सेनाको आक्रमणमा परेर १९८ युक्रेनीको मृत्यु, किएभमा आज मिसाइल आक्रमण हुनसक्ने आशंका

    रुसी सेनाको आक्रमणमा परेर १९८ युक्रेनीको मृत्यु, किएभमा आज मिसाइल आक्रमण हुनसक्ने आशंका

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । युक्रेनमा रुसी सेनाको आक्रमणमा परेर हालसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्यास्कोले जानकारी दिए ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत उनले दिएको जानकारी अनुसार मृतकको संख्या अझ धेरै हुन सक्ने सम्भावना छ । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको बताइएको छ । पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा १ हजार ११५ जना घाइते भएका छन् । यस्तै रुसले युक्रेनमा आक्रमणलाई आज पनि निरन्तरता दिएको छ ।



    रुसको आक्रमण पछि त्रसित भएका युक्रेनका नागरिकले राजधानी किभ छोड्ने क्रम चलिरहेको छ । पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रुसी सेना राजधानी किएभमा नै प्रवेश गरेकाले त्यहाँ रहेकाहरु छिमेकी देशमा शरण लिन पुग्न थालेका छन् ।



    यसबीचमा जर्मनी र फ्रान्सले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका छन् । किएभमा आज मिसाइल आक्रमण हुन सक्ने आशङ्का गरिएको छ । किएभका मेयरले त्यहाँ रहेका नागरिकलाई भोलि बिहानसम्म घरभित्रै बस्न आदेश दिएका छन् । रुसी सेना प्रवेश गरेकाले भोलि बिहानसम्मका लागि किएभमा कर्फ्यु लगाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार