Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पूर्णता पायो, अध्यक्षमा ‘उत्सव’ विजयी

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पूर्णता पायो, अध्यक्षमा ‘उत्सव’ विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    कैलाली । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् ।

    सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका मानबहादुर धामी (सन्तोष) लाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।



    प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए।



    यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ । प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् ।

    सचिवमा जनक बुढा, सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र, रामबहादुर देवकर र अन्जिता श्रेष्ठ तथा कोषाध्यक्षमा कमल कुमारी शाह विजयी भएका छन् ।

    निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो ।

    सोमबार निर्वाचनमार्फत पदाधिकारी टुंगो लगाइएको हो । प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार