Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कर्फ्यूका कारण विरेन्द्रनगर बन्यो सुनसान, गोली समेत चलाउन सक्ने आदेश

    कर्फ्यूका कारण विरेन्द्रनगर बन्यो सुनसान, गोली समेत चलाउन सक्ने आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    सुर्खेत । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कफ्र्यु(निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ ।

    कफ्र्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन् । प्रशासनले कफ्र्य तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ ।



    सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि आज साँझ ७ बजेसम्म कफ्र्यु लगाउने निर्णय गरेको थियो ।



    समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कफ्र्यु जारी गरेका हुन् ।

    कफ्र्यु जारीपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । एमसिसीविरुद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताले सोमबार साँझ नेकपा (एमाले), नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र)का कार्यालय तोडफोडका साथै मङ्गलगढी चोक र एरिचोकमा रहेका प्रहरी बिटमा आगजनी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार