Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुर्खेतको वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि हट्ने

    सुर्खेतको वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि हट्ने

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 2K
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार हट्ने भएको छ । भोलि बिहीवार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको हो ।

    जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै मंगलबार बेलुकीदेखि जारी गरिएको निषेधाज्ञा हट्ने जनाएको छ ।



    एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका विभिन्न दलले गरेको विरोध प्रदर्शनका कारण वीरेन्द्रनगर तनावग्रस्त बनेपछि बिहीबार साँझदेखि कर्फ्यू लगाएको थियो ।



    स्थिति सामान्य बन्दै गएपछि मंगलबार ७ बजेदेखि वीरेन्द्रनगरका केही क्षेत्रमा मात्र निषेधाज्ञा लागू गरिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार