Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो, १२ जनाको मृत्यु

    म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो, १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 885
    SHARES

    फाइल फोटो

    एजेन्सी । म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ ।

    हिजो राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएका प्रहरीले जानकारी दिएको छ ।



    आज बिहान १२ वटा शव फेला परेका छन् र उद्धारकार्य जारी रहेको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ । काचिन राज्यको हपाकान्त टाउनसिपको माट लिन चाउङ गाउँको पुरानो जेड खानी स्थलमा राती २२ः३५ बजे गएको पहिरोमा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय एक स्थानीयवासीले बताएका छन् ।



    काचिन राज्यमा, विशेष गरी हपाकान्त खानी क्षेत्रमा प्रायः घातक पहिरोह गइरेहको पाइन्छ । धेरै स्थानीयहरूले यस क्षेत्रमा जेड स्याभेजिङ गरेर आफ्नो जीवन निर्वाह गर्छन् ।

    जुलाई २०२० हपाकान्त टाउनशिपमा एक जेड खानी साइटमा ठूलो गएको घातक पहिरोमा परी १७४ को मृत्यु हुनुको साथै अन्य ५४ घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार