Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो

    म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 339
    SHARES

    एजेन्सी । म्यानमारले संकटकाल ६ महिना थप गरेको छ ।

    म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो ।



    कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा आपत्कालीन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरेका हुन् ।



    देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।

    म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपतकाल घोषणा गरेको थियो ।

    त्यसपछि यसलाई यस वर्ष जनवरी ३१ सम्म चार पटक गरेर बढाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार