Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानमारको सेनाद्धारा जातीय विद्रोहीमाथि हवाई आक्रमण, पाँचजना मारिए

    म्यानमारको सेनाद्धारा जातीय विद्रोहीमाथि हवाई आक्रमण, पाँचजना मारिए

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 765
    SHARES

    एजेन्सी । म्यानमारको सैनिक सरकार (जुन्ता) ले भारतसँगको सीमा नजिक एक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण गरेको छ ।

    पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ) को मुख्यालयमा आक्रमण भएको हो ।



    आक्रमणमा पाँच लडाकु मारिएको बताइएको छ । सीएनएफका प्रवक्ता सलाई तेतनीले सरकार पक्षले गरेको हवाई आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेको दाबी गरे ।



    सीएनएफले गएको वर्ष मे मा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार