Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानमारमा सैन्य हवाई आक्रमण, ५० जनाको मृत्यु

    म्यानमारमा सैन्य हवाई आक्रमण, ५० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 1K
    SHARES

    एजेन्सी । म्यानमारमा सेनाको हवाई आक्रमणबाट ५० जनाको मृत्यु भएको छ ।

    सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो ।



    आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएका छन्।



    स्थानीयहरू एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि भेला भइरहेका बेला सैन्य आक्रमण भएको थियो ।

    मृत्यु हुनेहरू अधिकांश आम नागरिक थिए । घटनास्थलमा उद्धार कार्य भइरहेको बेला पनि दोस्रो आक्रमणबाट तीन जना मारिएका थिए ।

    आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार