Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म्यानमारको सैनिक सरकारले गर्‍यो प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

    म्यानमारको सैनिक सरकारले गर्‍यो प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 600
    SHARES

    एजेन्सी । म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) विघटन गरेको छ ।

    सैनिक सरकारको नियन्त्रणमा रहेको त्यहाँको निर्वाचन आयोगले तोकेको नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि एनएलडी खारेज भएको हो ।



    एनएलडीसहित अन्य ४० वटा पार्टी पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका छन् ।



    सैनिक सरकारले गत जनवरीमा राजनीतिक पार्टीहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो । एनएलडीकी नेतृ सुकीलाई ३३ वर्षको कारागार सजाय तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार