Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारत सरकारको सहयोगमा निर्मित नेपाल प्रहरी विद्यालय भवनको उद्घाटन सम्पन्न

    भारत सरकारको सहयोगमा निर्मित नेपाल प्रहरी विद्यालय भवनको उद्घाटन सम्पन्न

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    कैलाली । छिमेकी मुलुक भारत सरकारको आर्थिक सहयोगमा कैलाली जिल्लाको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन सम्पन्न भएको छ।

    बुधबार भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवन सहितको नयाँ भवनको उद्घाटन गरेका हुन्।



    सो उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।



    भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा यी नयाँ भवनहरुको निर्माण भएको जनाइएको छ । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ। ती परियोजनाहरु मध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका छन् । यसको अलावा, भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

    नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ । भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरुलाई अझ सशक्त बनाउन भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार