Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रसंघको महासभामा रुसविरुद्ध उभियो नेपाल

    राष्ट्रसंघको महासभामा रुसविरुद्ध उभियो नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले पक्षमा मतदान गरेको हो।

    रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिएका हुन् । । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् ।



    युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्नेसम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो।



    राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र छन्। यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार