Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पोखराको शिवरात्रि मेलामा झगडा : एक जनाको हत्या, तीन पक्राउ

    पोखराको शिवरात्रि मेलामा झगडा : एक जनाको हत्या, तीन पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    पोखरा । महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा-२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए । उक्त मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको हो । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको छ ।

    हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ । पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।



    ‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा २ जनालाई चक्कुसहित पक्राउ गरेका हौं । अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’



    गाउँकै दुई युवाबीच झगडा भैरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ । ‘चोकबहादुर घटनामा थिएनन् । अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।

    चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मनिपाल अस्पताल लगेका थिए । तर, ढिलो भैसकेकोले उनको बाटैमा मृत्यु भएको बताइएको छ । चिकित्सकले अस्पताल पुग्ने वित्तिकै मृत घोषणा गरेका हुन् । घटना मध्येराति साढे १ बजे भएको प्रहरीले जनाएको छ ।- न्युज कारखानाबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार