Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

    राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 273
    SHARES

    काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

    शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन्।



    उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ ।



    शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।

    महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार